आँपको पातका यति धेरै फाईदा

नेपाल दर्शन
२४ जेष्ठ २०७८, सोमबार

काठमाडौं– हामी सबैलाई आँपको फाइदाका बारेमा जानकारी छ ।

तर, के आँपको पात पनि स्वास्थ्यका लागि उपयोगी छ भन्ने कुरा थाहा छ ?

स्वास्थ्य विशेषज्ञका अनुसार आँपको पात मधुमेह, रक्तचाप र पखला आदि रोगको उपचारमा सहयोगी हुन्छ ।

आँपको पातको फाइदा र उपयोगको बारेमा केही जानकारी:

आँपको पातमा पाइने पोषक तत्वहरु

आँपको पातमा भिटामिन ए, बी, तामा, पोटाशियम र म्याग्नेशियम जस्ता खनिज पदार्थहरु पर्याप्त मात्रामा हुन्छ । आँपको पातमा एन्टि–अक्सीडेन्ट गुण हुन्छ, किनभने यसमा फ्लेभोनयड्स र फिनोल उच्च मात्रामा हुन्छ । आँपको पातमा एन्टीमिक्रोबियल गुण पनि हुन्छ, जसले विभिन्न रोगहरुको उपचारमा सहयोग गर्न सक्छ ।

आपँको पातका फाइदाहरु

पित्तको पथरीको उपचारका लागि

आँपको पातले किड्नीको पथरी र पित्तको पथरीको उपचार गर्न सहयोग पुऱ्याउँछ । र्आपको पातलाई छायाँमा सुकाउनु पर्छ । सुकाएको पातलाई धुलो बनाएर दिनहुँ सेवन गर्नु पर्छ । राति एक गिलास पानीमा धुलो मिसाएर राख्ने र बिहान पिउनाले पथरी टुक्र्याउन र बाहिर निकाल्न सहयोग गर्छ ।

पेटका लागि लाभदायक

पेटलाई स्वास्थ राख्नका लागि आँपको पातलाई उमालेर एउटा भाँडोमा रातभरि छोपेर राख्न् पर्छ । विहान पानीलाई छानेर खालि पेटमा सेवन गर्नु पर्छ । नियमित रुपमा यस्तो गर्नाले पेटसंग सम्बन्धित समस्याहरु कम हुन्छ ।

रक्तचाप कम गर्छ

आúपको पातले रक्तचापलाई कम गर्न सकिन्छ, किनभने यसमा हाइपोटेन्सिभ गुण हुन्छ, जसले रक्त वाहिकालाई बलियो बनाउन र भेरिकाज भेन्सको समस्यालाई कम गर्न पनि सहयोग गर्छ ।

कानको दुखाई कम गर्छ

यदि तपाईंको कान दुखेको छ भने आँपको पातको रस कानमा हाल्नु पर्छ । यसका लागि आपको पातलाई उमाल्नु पर्छ । यसो गर्नाले कानको दुखाईबाट तुरुन्त राहत प्राप्त हुन्छ ।

आँपको पातको उपयोग कसरी गर्ने ?

आँपको पात चिल्लो र चम्किलो हुन्छ । यी पातको प्रयोग दुई प्रकारले गर्न सकिन्छ । पहिलो यसलाई सुकाएर धुलो बनाउन सकिन्छ भने दोस्रो यसलाई उमालेर काँडा बनाउन सकिन्छ । आँपको पातमा औषधिय गुण हुने भएकाले धेरै आयुर्वेदिक औषधि बनाउनका लागि आपका पातको प्रयोग गरिन्छ ।

फेसबुक प्रतिक्रिया