धूम्रपानको लतबाट कसरी बच्ने ?

नेपाल दर्शन
२४ जेष्ठ २०७८, सोमबार

सुर्ती स्वास्थ्यको लागि हानिकारक छ ।

गुटका, पान, सुर्तीजन्य पदार्थहरु जस्तै बिडी र चुरोटको नशाले तपाईँलाई मृत्युको मुखमा धकेल्न सक्छ।

त्यसैले यी चीजहरूबाट टाढा हुनु पर्छ ।

विश्व धूम्रपान विरुद्धको दिवसको उद्देश्य

यस दिवसको उद्देश्य मानिसहरूलाई धूम्रपानको कारण हुने नोक्सानका बारे सचेत गराउनु हो ।

धूम्रपानले क्यान्सरको जोखिम निम्त्याउँछ ।

यसको विषयमा सुर्तीजन्य र चुरोटका बट्टाहरूमा चेतावनीको रूपमा लेखिएको हुन्छ, तर पनि मानिसहरूले यी चीजहरूको सेवन गरिरहेका छन् ।

जसको परिणाम व्यक्ति गम्भीर रोगहरूको सिकार बन्न सक्छ।

धूम्रपानको लतबाट कसरी बच्ने ?

आफुलाई व्यस्त राख्नुहोस्

धूम्रपानको लतबाट बच्न व्यस्त रहनु धेरै महत्त्वपूर्ण छ । त्यसैले तपाईँ आफ्नो दिन ब्रेकफास्ट, कसरत, ध्यान र कामको साथ सुरु गर्न सक्नुहुन्छ, ताकि धूम्रपान गर्ने समय नै नहोस् ।

तलतल लागे के गर्ने ?

धूम्रपान छोड्ने कोशिश गर्दा प्रायस् मुखमा केही चपाउन मन लागिरहन्छ । यस्तो अवस्थामा सलाद खान सकिन्छ । त्यस्तै धूम्रपान को तलतलबाट जोगिन चुइगम पनि खान सकिन्छ । साथै, अलैँची वा सोप चपाउनाले पनि धूम्रपानको तलतलसँग लड्न मद्दत गर्दछ।

मह खानुहोस्

यदि तपाईँ धूम्रपान गर्ने बानी छोड्न चाहनुहुन्छ भने मह प्रयोग गर्न सक्नुहुन्छ । यसमा भिटामिन, इन्जाइम र प्रोटिन हुन्छ, जसले तपाईँलाई धूम्रपान छोड्न मद्दत गर्दछ ।

ज्वानो

यदि तपाईँले ज्वानो मुखमा राख्नुभयो भने धूम्रपान गर्ने बानी बिस्तारै हराउने छ । यस्तो अवस्थामा जब तपाईँलाई धूम्रपान गर्न मन लाग्छ, तपाईँले ज्वानो मुखमा राख्ने र चबाउने गर्नु भयो भने चाँडै नै लाभ देख्नु हुनेछ ।

अश्वगन्ध र शतावरी

यी दुवै जडीबुटीहरूले धेरै रोगसँग लड्न मद्दत पुर्याउँछन् । नियमित रूपमा धूम्रपानको सेवनले शरीरलाई निकोटिन जस्ता विषाक्त यौगिकहरू जम्मा गर्दछ, तर अश्वगन्धा र शतावरी जडीबुटीहरूले शरीरबाट यी विषहरू बाहिर निकाल्न मद्दत गर्दछन् ।

यी चीजहरू खानुहोस्

भिटामिन सी युक्त फलफूल खान सुरु गर्नुहोस् । सुन्तला, कागती, अमला र स्याउ खाएर तपाईँ सुर्तीजन्य बानीबाट मुक्त हुन सक्नुहुन्छ । भिटामिन सिले निकोटिनको साथ शरीरलाई डिटक्सिफाइ गर्दछ र सकारात्मक परिवर्तन देखिन्छ ।

फेसबुक प्रतिक्रिया