भारतीय चिकित्सकहरूले कोभिडको नयाँ भेरिएन्टका कारण मानिसको शरीरका अंग कुहिने र कान नसुन्ने समस्या देखिएको बताएका छन् ।
भाइरसका पुराना भेरिएन्टले यो समस्या नल्याएको उनीहरूको भनाइ छ ।
भारतमा बी१६१७.२ वा डेल्टा भेरिएन्टका कारण लाखौं मानिस संक्रमित भएका थिए र अस्पताल भरिभराउ भएका थिए ।
यो भेरिएन्ट अहिलेसम्मकै सबभन्दा संक्रामक भएको र यो निकै खतरनाक पनि भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
कोभिडको लक्षणका साथै रोगीहरूमा कान नसुन्ने अनि रगत डल्लो परेर ग्यांग्रिन अर्थात् अंग कुहिएर फाल्नुपर्ने स्थिति समेत देखिएको छ ।
महामारी शुरू भएको एक वर्षभन्दा बढीको समयपछि नयाँ लक्षण देखिएबाट यो भाइरस अनुमान गर्न नसकिने किसिमको भएको एक चिकित्सकले बताए ।
यस भेरिएन्टका कारण भोक नलाग्ने, पेट दुख्ने, छेरपटी लाग्ने, जोइन्ट दुख्ने जस्ता समस्या पनि आइलाग्छन् ।
Sorry, No Posts are found.