यी हुन् मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय

नेपाल दर्शन
२७ जेष्ठ २०७८, बिहीबार

मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय धेरै छन् । तर खानपीनमा ध्यान नदिँदा धेरै मानिरहरुलाई मृगौलामा पत्थरीको समस्याले सताउने गरेको एक अध्यनले देखाएको छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसावमार्फत जान्छ ।

यी हुन् मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपायहरु

कागती- कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाबमार्फत निस्किन्छ ।

अनारको जुस- अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाईन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।

राजमा- राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।

तुलसी- किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ पिउनुपर्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पथरी निस्किन्छ ।

पथरी भएका हरुले बार्ने खाना ,चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखाने ।

फेसबुक प्रतिक्रिया