स्वास गन्हाउने समस्या छ ? यी हुन् छुटकारा पाउने उपाय

नेपाल दर्शन
२७ जेष्ठ २०७८, बिहीबार

दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुरा खाँदा विहान स्वास गनाउने गर्दछ । राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने समस्या हुन्छ । स्वास गन्हाउने धेरै कारण हुन्छन् । सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुन सक्छ । बालबालिकादेखि नै कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नुपर्छ ।

यस्ता छन् स्वास गनाउने समस्याबाट छुटकारा पाउने उपायहरु 

-साँझ बिहान राम्रोसँग दाँत माझ्ने

-जिब्रोको माथिल्लो भाग सफा गर्ने

-कीरा लागेको र प्वाल भएको दाँतको उपचार गर्ने

-खानेकुरा खानेबित्तिकै कुल्ला गर्ने

-प्रशस्त पानी पिउने

-कब्जियतलगायतको समस्याबाट मुक्त हुने

-दन्त रोग विशेषज्ञसँग उपचार र परामर्श लिने

-नुन पानीले मुख कुल्ला गर्ने

-गुलियो खानेकुरामा कम खाने

फेसबुक प्रतिक्रिया