कति छ योग गुरु बाबा रामदेवको सम्पत्ति ?

नेपाल दर्शन
२७ जेष्ठ २०७८, बिहीबार

एजेन्सी । योग गुरु बाबा रामदेवको असली नाम राम कृष्ण यादव हो । उनको जन्म १९६५ मा हरियाणामा भएको थियो । उनको परिवार कृषि पेशामा आवद्ध रहेका थिए ।

उनका अनुसार जब उनी दुई वर्षका थिए उनलाई प्यारालाइसिस भएको थियो । त्यसपछि उनले योगाको साहरा लिन थाले । उनले विभिन्न गुरुकुलमा भारतीय हस्तकला, योगा र सस्कृतको अध्ययन गरे । कल्वा गुरुकुलमा छदाँ उनले फ्रिमा योगा ट्रेनिङ सिकाउने काम गर्थे । 

सन् १९९५ मा रामदेवले दिव्या योग मन्दिर ट्रस्टको स्थापना गरे । सन् २००३ पश्चात उनको जीवनमा ठुलो परिवर्तन आयो । आस्था टिभीमार्फत उनले बिहानबिहान योगा सिकाउन थाले । उनको योगा शिक्षा विश्वभर चर्चा पाउन थाल्यो । भारतका चर्चीत सेलिब्रिटीहरु अमिताभ बच्चन, सिल्पा सेट्टी लगायत अन्य कलाकारहरु उनीसँग योगा सिक्न आउन थाले । 

हाल उनी बेलायत अमेरिका, क्यानडा, जापान लगायत धेरै राष्ट्रहरुमा योगा सिकाउने काम गर्छन् । 

उनले पतञ्जली योग पीठको स्थापना गरे । योगा र आयुर्वेद औषधीको प्रचार र विकासका लागि उनले उक्त संस्थाको स्थापना गरेका थिए । 

बाबा रामदेव २२० मिलियन डलरका मालिक हुन् । उनको आम्दानी र नेटवर्थ योगा, एफएमसिजी बिजेश र रोयल्टीबाट आउने गर्छ । 

बाबा रामदेवको मुम्वइमा एउटा घर रहेको छ । उनको मुम्बइमा अन्य धेरै सम्पत्तिहरु समेत रहेको मिडिया रिपोर्टमा उल्लेख गरेका छन् । 

कार

रेन्ज रोभर इभोक्यु–५० लाख भारतीय रुपैयाँ

फेसबुक प्रतिक्रिया