‘बाहुबली’को रेकर्ड ‘आदिपुरुष’ले तोड्दै

नेपाल दर्शन
३१ जेष्ठ २०७८, सोमबार

एजेन्सी । ‘बाहुबली’ फेम स्टार प्रभास अभिनित ‘आदिपुरुष’ सर्वाधिक प्रतिक्षित फिल्ममध्ये एक रहेको छ । 

मिडिया रिपोर्ट अनुसार ओम राउतको निर्देशनमा बन्दै गरेको यस फिल्मले भिएफएक्सको मामलामा प्रभासको पछिल्लो सुपरहिट फिल्म बाहुबली २ः द कन्क्लुजनको रेकर्ड तोड्ने भएको छ । 

एसएस राजामौलीको निदेशनमा बनेको बाहुबली २ हालसम्म २५०० भिजुअल इफेक्ट्सका साथ सबैभन्दा बढी भिएफएक्सवाला फिल्म रहेको छ । जबकि  आदिपुरुषमा ८००० भिएफएक्स शट्सको प्रयोग गरिने बताइएको छ । 

जुन बाहुबलीको तुलनामा तीन गुणा भन्दा बढी रहेको छ । निर्माण टिमले कोरोना महामारी सामान्य भएपछि फिल्मको सुटिंग सुरु गर्ने तयारी गरेका छन् । फिल्म अर्को वर्ष २२ अगस्टमा रिलिज हुन सक्नेछ । 

फेसबुक प्रतिक्रिया

छुटाउनुभयो कि?

Sorry, No Posts are found.