सानिमा र युनियन लाइफ इन्सुरेन्सको १ करोड २४ लाख ५० हजार कित्ता आइपीओ आउने

नेपाल दर्शन
१ असार २०७८, मंगलवार

काठमाडौं : सानिमा लाइफ इन्सुरेन्स र युनियन लाइफ इन्सुरेन्सले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । यी दुई कम्पनीको गरी कुल १ करोड २४ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ । सानिमाले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

 सानिमा लाइफले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ । केयर रेटिङ नेपालले सानिमा लाइफलाई “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।  यता, युनियन लाइफ इन्सुरेन्सले पनि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ ।

युनियनको आइपीओमा पनि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । 

फेसबुक प्रतिक्रिया

छुटाउनुभयो कि?

Sorry, No Posts are found.