आजदेखि निषेधाज्ञा खुकुलो:के-गर्न पाइन्छ, के पाइँदैन ?

नेपाल दर्शन
१ असार २०७८, मंगलवार

काठमाडौँ : काठमाडौँ उपत्यकाका आजदेखि असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि केही खुकुलो बनाएका छन् । 

खाद्यान्‍न फलफूल र पुस्तक पसल खोल्ने समय पनि थपिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । ‘११ बजेसम्म पसल खोल्ने समय थपिएको छ,’ उनी भन्छन,’ ४ बजेदेखि हार्डवेयर र मोबाइलसमेत पसल खोल्न पाइने भएको छ ।’ होटल तथा रेष्टुरेन्टबाट ७ बजेदेखि होम डेलिभरी गर्न पाइने व्यवस्था गरिएको उनले जानकारी दिए ।

बैठकले अत्यावश्‍यक उपभोग्य वस्तु वा सेवा खरिद गर्न घरबाट बाहिर निस्कन सक्‍ने निर्णय गरेको छ । त्यस्तै घर बाहिर निस्कँदा कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्‍नु पर्ने निर्णय गरेको छ । 

त्यस्तै अब सहकारी संस्था तथा रेमिटहरू आइतबार र बिहीबार मात्र खुल्‍ने भएको छ ।

त्‍यस्तै विवाह तथा व्रतबन्धको हकमा बढीमा ७ जनासम्‍म सहभागी हुन पाइनेछ । विवाह आफ्‍नो घर वा बसेको स्थानमा गर्न पाइनेछ । विवाह तथा व्रतबन्धको हकमा एउटा सवारी साधन (बेहुला/बेहुलीसहित)  व्यानरका आधारमा आवतजावत गर्न पाइनेछ ।

उपत्यकामा कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गते राती १२ बजेसम्म र त्यसपछि २० गतेबाट जेठ ३१ सम्म थपिएको थियो ।

फेसबुक प्रतिक्रिया

छुटाउनुभयो कि?

Sorry, No Posts are found.