एशियन लाईफको भोली देखि संस्थापक शेयर विक्रिमा आउने

नेपाल दर्शन
२ असार २०७८, बुधबार

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३ (भोली) देखि संस्थापक शेयर विक्रिमा ल्याउने भएको छ । कम्पनीले महालक्ष्मी विकास बैंकको स्वामित्वमा भएको १ लाख ६६ हजार ६५७ कित्ता संस्थापक शेयर विक्रिमा ल्याउने जनाएको छ ।

उक्त शेयरमा असार ९ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनील जनाएको छ । कम्पनीले शेयर विक्रि प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडलाई दिएको छ । प्रतिकित्ता शेयरमुल्य ६२८ रुपैयाँ कम्पनीले तोकेको हुनाले सो मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्न सकिन्छ । कम्पनीको अनुसार न्युनतम ११ कित्तादेखि सम्पुर्ण कित्तासम्म बोलकबोल पेश गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया

छुटाउनुभयो कि?

Sorry, No Posts are found.