सरकारले भन्यो-असार २५ गते भित्र कर बुझाउनु, त्यसपछि जरिवाना लाग्छ

नेपाल दर्शन
३ असार २०७८, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनकाबीच कर उठाउने बाटो खुला गरिदिएपछि सरकारले यहि असार २५ गतेसम्म कर बुझाउन निर्देशन दिएको छ।

अर्थमन्त्रालय अन्तरगतको आन्तरिक राजस्व विभागले बुधबार सूचना निकालेर कर बुझाउन सर्वसाधारणलाई ताकेता गरेको हो।

विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ । वैशाख महिनाको भ्याट विवरण, आयकर, अन्तःशुल्क र गैरकर शीर्षकका कर तिर्ने म्याद पनि असार २५ गते नै तोकिएको छ।

२५ गतेसम्म कर नतिरे जरिबाना लाग्ने विभागले जनाएको छ।

सर्वोच्च अदालतले मंगलबार यसअघिको आदेशलाई खारेज गर्दै सरकारलाई कर उठाउने बाटो खोलिदिएको थियो।

फेसबुक प्रतिक्रिया

छुटाउनुभयो कि?

Sorry, No Posts are found.